२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

एक लाख भन्दा बढि गुर्जाेको बिरुवा निःशुल्क वितरण

  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १४३२ पाठक संख्या
  • कोरोनाको महामारी फैलिरहेको बेलामा त्यस रोग संग लड्ने क्षमता बृद्धि गर्ने गुर्जाेको बिरुवा काभ्रेका विभिन्न ठाउँमा निःशुल्क  वितरण गरिएको छ ।

    काभ्रेली सक्रिय महिला संगठन तथा त्यस संस्थाका अध्यक्ष सुमित्रा बञ्जाराको पहलमा समाजसेवी कमलबहादुर राजलवटले काभ्रेका विभिन्न ठाउँमा २५ सय भन्दा बढि गुर्जाेको बिरुवा वितरण गरेका हुन ।

    आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख समेत रहेका राजलवटले आफैले नर्सरीमा उत्पादन गरेर निःशुल्क गुर्जाेको बिरुवा वितरण गरिरहेको बताए । बैशाख महिलाको पहिलो हप्ताबाट निःशुल्क गुर्जाेको विरुवा वितरण अभियान सुरु गरेका उनले हालसम्म एक लाख १० हजार बिरुवा वितरण गरिसकेको बताए । कुनै समूहहरुमा आवश्यक परे जो सुकैलाई सहयोग गर्ने राजलवटले बताए ।

    काभ्रेली सक्रिय महिला संगठनकी अध्यक्ष सुमित्रा बन्जाराले गुर्जाे बिरुवाको माग अत्याधिक आइरहेकोले पनौती, धुलिखेल र बनेपामा गुर्जोको विरुवा वितरण गरेको बताईन । विहिबार मात्रै पनौती, खड्पु र धुलिखेलमा १५ सय विरुवा वितरण भएको थियो । शुक्रवार बनेपामा विरुवा वितरण हुने बञ्जाराले जानकारी दिईन ।

    गुर्जाे खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने, शरिरलाई स्वस्थ बनाउने, नशा सम्बन्धी समस्या तथा मानसिक समस्या हटाउन उपयोगी हुने, पाचनतन्त्र बलियो बनाउने, पेट सम्बन्धी समस्या हटाउने लगायतका बिशेषता रहने भएकाले निःशुल्क गुर्जाे वितरण गरिरहेको राजलवटले जानकारी दिए । माग आएका ठाउँमा निःशुल्क गुर्जाेको विरुवा वितरण गर्ने बताए । राजलवटका अनुसार नेपालका ३५ जिल्लामा गुर्जोको विरुवा वितरण गरेको बताए । राजलवटलाई यो अभियानमा राजेश प्रधान र रामप्रसाद पन्थीले साथ दिएका छन् ।

     

    सक्रिय महिला संगठन, पनौतीलाई निःशुल्क गुर्जाेको बिरुवा दिनुहुँदै कमलबहादुर राजलवट ।

    गुर्जाेको बिरुवा पाएपछि खुशी हुँदै स्थानीय ।

    गुर्जोबारे जानकारी दिनुहुँदै राजलवट

    प्रतिक्रिया दिनुहोस