२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

नमोबुद्धका विपन्नलाई दशैं लक्षित राहत

  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित २ साल अघि
  • ३६९ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाका सय भन्दा बढी विपन्न परिवारलाई दशैं लक्षित राहत वितरण गरिएको छ ।

    नेपाल जेसुइस सामाजिक संस्थाको सहयोगमा नमोबुद्ध नगरपालिकाले नगरभित्रका ११ वटै वडाका १ सय १२ परिवारलाई राहत वितरण गरेको हो ।

    नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले राहत वितरण गरे । राहत प्याकेजमा प्रतिपरिवार १ बोरा चामल, १ किलो नुन, १ किलो चना, १ लिटर तेल, १ केजी सोयाविन तथा २ किलो दाल रहेको छ ।

    नगरपालिकाका सबै वडाका अति विपन्न, अशक्त, अपांग तथा एकल महिलालाई राहत दिइएको नगर प्रमुख तिमल्सिनाले बताए ।

    नमोबुद्ध नगरपालिकाले कोभिड १९ महामारी सुरु भएयता वितरण गरेको यो चौंथोपटकको राहत हो । यसअघि नगरपालिकाले विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा राहत वितरण गरिसकेको छ ।

    राहत लिन उपस्थित भएका विपन्न परिवारका सदस्यहरुले यो राहतले आफूहरुको दशैं राम्रो हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस