२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

कांग्रेस नेता लामाद्वारा भुम्लुमा स्वास्थ्य सामग्री वितरण

  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ८२७ पाठक संख्या
  • कोरोना भाइरस संक्रमण दैनिकजसो वृद्धि भइरहेको बेला समाजसेवी एवं तरुण दल काभ्रेका कार्यबाहक सभापति दावा लामाले आफ्नो व्यक्तिगत पहलमा काभ्रे जिल्लाको विकट कोशीपारीको भुम्लु गाउँपालिकाको दशै वटा वडामा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
    लामा आफैँ भुम्लुका दशै वटा वडा कार्यालय, विद्यालय, सुरक्षाकर्मी, स्वास्थ्य कार्यालयका पुगेर प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । लामाले ४० हजार पिस मास्क, १८ सय पिस साबुन, १ सय ५० लिटर सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
    देशमा कोरोनाको संक्रमण दर बढिरहेका बेला आफ्नो जिल्लामा कोरोना विरुद्धको अभियानलाई बलियो बनाउन स्वास्थ्य सामग्री वितरण गरेको लामाको भनाई छ । ‘आफु जन्मेको पालिकामा सबै वडालाई पुग्ने गरी स्वास्थ्य सामाग्री बितरण गरे ।’ – उनले भने, मैले सबै सामाग्री निजी खर्चमा बितरण गरेको हुँ ।’ स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले कोरोनाको संक्रमण झेलेका विपन्नलाई राहत, उद्धार र सहयोगमा सधैं आफ्नो साथ रहने बताए ।
    उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति बेल लामा, नवराज उप्रेती, भुम्लु गाउँपालिका उपाध्यक्षका प्रत्यासी शान्ता क्षेत्री, काँग्रेस क्षेत्रीय सदस्य अन्जनराज खतिवडा, नेपाली काँग्रेस भुम्लु गाउँपालिका सभापति अञ्चल तामाङ, सुनिल लामा, नविन खरेल लगायतको उपस्थिति रहेको थियो ।


    काठमाण्डौबाट भुम्लु जान निःशुल्क बस
    त्यस्तै तरुण दलका कार्यबाहक सभापति लामाले वडा दशैं २०७७ सालको अवसरमा भुम्लु गाउँपालिकाका जनताका लागि काठमाडौंबाट भुम्लु जानको लागि निःशुल्क सवारी साधनको समेत व्यवस्था गरेका छन् ।
    कोरोना माहामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै भुम्लुका जनतालाई सुविधा पु¥याउने हिसावले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको उनको भनाई छ । भुम्लुका लागि काठमाण्डौबाट ४ वटा बस लाग्नेछन् । बसमा यात्रा गर्दा सुरक्षा मापदण्ड अपनाएर यात्रुहरुलाई चढाउने लामाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस