पाँचखाल नगरपालिका वडा नं २ टाँकेमा एक घर एक धाराको उद्धघाटन भएको छ । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले एक घर एक धाराको उद्धघाटन गरे ।
२०७५/७६ मा शुरु भएको खानेपानी आयोजना अन्तर्गत त्यस क्षेत्रमा १ सय ५ खानेपानी धारा वितरण भएको छ । उक्त कार्यक्रममा टाके खानेपानी जल उपभोक्ता समिति पाँचखाल –२ अनैकोटको २१ औं साधारणसभा समेत सम्पन्न भएको थियो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष बासुदेव कोईरालाको सभापतित्वमा सम्पन कायक्रममा पाँचखाल नगरका नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, पाँचखाल नगरपालिका वडा नं २ का अध्यक्ष हरि खतिवडा, उज्यालो नेपालका अध्यक्ष प्रभाकर मानन्धर, विधुत प्राधिकण पाँचखाल केन्द्रका प्रमुख मेघनाथ ढकाल, वडा सदस्य हरिकृष्ण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाली काँगेसका नगर सभापति गणेश अधिकारी, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, समाजसेवीहरु रत्न लुईटेल, बद्रि लुईटेल, विधुत केन्द्रका नारायण कार्की लगायतको सहभागिता रहेको थियो । संस्थाको आय ब्यय समितिका अध्यक्ष कोईरालाले गरेका थिए ।
खानेपानी आयोजनाको लागि नगरपालिका, वडानं २ को कार्यालय,उज्यालो नेपाल र नेपाल विद्युत प्राधिकरणको सहयोगमा विद्युत विस्तार भएको थियो ।
प्रतिक्रिया दिनुहोस