पाँचखाल नगरपालिका वडा नं १२ मा रहेको ठकुरी गाउँका वासिन्दाहरुलाई अब खानेपानी लिन टाढा जानुपर्ने बाध्यता हटेको छ । ठकुरी गाउँका करिव ७० घरधुरीले खानेपानी लिनको निमित्त १ घण्टा देखि २ घण्टा सम्म हिडेर जानु नपर्ने भएको छ ।
पाँचखाल नगरपालिकाको ४५ लाख र उपभोक्तहरु मार्फत ५ लाख २० हजारको लागतमा डिप बोरीङ प्रविधि मार्फत गाउँमै पानी आएपछि उनिहरु खानेपानीको समस्याबाट मुक्त भएका हुन् । २०७५ साल असारबाट सुरु भएको यस आयोजन सम्पन्न भएसँगै आज पाँचखाल नगरप्रमुख महेश खरेलले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख खरेलले खानेपानीको आपुर्ति सँगै वडामा कृषिजन्य उत्पादन हुनेमा विश्वास रहेको बताए । नगरपालिकाका विभिन्न वडामा खानेपानीको समस्या अझै रहिरहेकोमा पाँचखालमा निर्माण शुरु भएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाले पुरा गर्ने उनको भनाई थियो । उनले आफ्नो कार्यकालमा पाँचखाललाई नमुना बनाउन आफु लागि परेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा २ ९क० का उम्मेदवार सुन्दरमणि आचार्य, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन प्रसाद सापकोटा, वडा नं १२ का अध्यक्ष गेपाल बहादुर दनुवार, नमोबुद्धका समाजसेवी ईन्द्र दाहाल लगायतले मन्तव्य राखेको कार्यक्रममा ठकुरी गाउँ खानेपानी उपभोक्त समितिका अध्यक्ष देव विक्रम शाह ९रुद्र० को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस