२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

प्रहरी हत्याको आरोपमा सात जना पक्राउ

  • २०७७ कार्तिक ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६०१ पाठक संख्या
  • गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । हत्याको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र वडा नम्बर ११ का गोपाल भन्ने रामगोपाल राना छन् । उनीहरु सबै स्थानीय तस्कर रहेको प्रहरीले जनाएको छ ।

    गस्तीमा गएको प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्करहरुले योजनाबद्ध रुपमा प्रहरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो । धारिलो हतियार प्रहार गरेर प्रहरीको हत्या गरी अपराध लुकाउन शव नदीमा फालेको उहाँले बताउनुभयो ।

    मृतक दुवै प्रहरीको शव मोहना नदीमा फेला परेको थियो । उहाँहरु दुवैजना धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चेकपोष्टमा कार्यरत हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस