२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

लोक सेवा आयोगले कात्तिक १६ गते देखि लिने लिखित परीक्षा स्थगित

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • २४९ पाठक संख्या
  • लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

    आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

    रीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस