२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

‘पकेट मनी’ जोगाएर कपडा र खाद्यान्न सहयोग

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित २ साल अघि
  • ४३७ पाठक संख्या
  • परिवर्तनका लागि युवा संस्थाले भुम्लु गाउँपालिकाका पाँच परिवारवाई कपडा र खाद्यान्न सहयोग गरेको छ ।

    पाँचखाल नगरपालिकाका युवाहरु मिलेर बनाएको संस्थाले आफ्ना सदस्यहरुको पकेट मनीबाट जोगाएर जम्मा गरेको पैसाले पाँच परिवारलाई कपडा र खाद्यान्न सहयोग गरेको हो । संस्थाका संयोजक पवन गौतमको अगुवाईमा संस्थाले भुम्लु ८, ५२ किलोका पाँच परिवारलाई चामल, दाल, चिउरा, चिनी, नुन, तेल चाउचाउ दालमोटसहित लुगाधुने सावन सहयोग गरेको हो ।

    पाँचखाल नगरपालिकामा लामो समय देखि अशक्त परिवारको सहयोग मा जुटिरहेको परिबर्तनको लागि युवा संस्थाले सथनीय बालबालिकालाई समेत कपडा सहयोग गरेको परिवर्तनका लागि युवा (युथ फर चेन्ज) का संयोजक पवन गौतमले जानकारी दिए । कपडा पाएपछि स्थानीय बालबालिकाको मुहारमा खुशी झल्केको थियो । सहयोग पाउने सबैले सहयोगी हातहरुलाई धन्यवाद दिए ।

    प्रतिक्रिया दिनुहोस