२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

साल्ट ट्रेडिङ्ग र धुलिखेल उद्योग वाणिज्य संघको सहकार्यमा सुपथ मुल्य पसल

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित २ साल अघि
  • १३९६ पाठक संख्या
  • नेपालीहरुको पर्वहरुको शुरुवात सँगै धुलिखेल उद्योग बाणिज्य संघले साल्ट ट्रेडिङको सहकार्यमा धुलिखेलमा सुपथ मुल्य पसल सञ्चालनमा आएको छ ।

    दशैँ ,तिहार र छठ पर्वलाई मध्यनजर गरि धुलिखेल उद्योग वाणिज्य संघ र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सहकार्यमा सहुलियत दरको सुपथमुल्य पसल आइतवार देखि सन्चालनमा आएको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले जानकारी दिए ।

    उद्योग बाणिज्य संघले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगरी सामाजिक दुरी कायम गरी सेवाग्राहीलाई सेवा दिइएको जनाएको छ । सहुलियत दरको सुपथमुल्य पसल धुलिखेलमा रहेको सपिङ कम्प्लेक्सको सटर नं ०८ मा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस