२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच कृषिऋण सम्झौता

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित २ साल अघि
  • १६२८ पाठक संख्या
  • एभरेष्ट बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषिऋण प्रदान सम्बन्धी सम्झौता गरेको छ।

    यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउने छ।

    सम्झौतापत्रमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले हस्ताक्षर गरेका छन्।

    पाँचखाल नगर कृषि शहर नारा राखेको नगरपालिकाले यस सम्झौताबाट पाँचखालका किसानको लागि सहुलियत रुपमा व्याज लाग्ने गरी ऋण पाउने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए ।

    बैंकले आफ्नो वृहत सञ्जाल मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ। हाल बैंकको ७ ओटै प्रदेशमा जम्मा ९८ शाखा कार्यालय, ३० राजश्व सङ्कलन काउन्टर तथा १ सय २९ स्थानमा एटिएम काउन्टर रहेका छन्।

     

    प्रतिक्रिया दिनुहोस