२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा कोरोना संक्रमण : ३३ थपिए, ३३ घर फर्किए, एकको मृत्यु

  • २०७७ कार्तिक २, आईतबार मा प्रकाशित २ साल अघि
  • ३२७ पाठक संख्या
  • आइतवार काभ्रेमा  जति संक्रमित थपिए त्यतिकै संख्यामा डिस्चार्ज भए ।

    आईतवार काभ्रेका ३३ जना संक्रमित थपिएको तथा ३३ नै निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।

    आईतबार काभ्रेमा बनेपा नगरपालिकामा ५ महिला र ५ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ पुरुष र १ महिला, पनौती नगरपालिकामा ७ पुरुष र १० महिला, पाँचखाल नगरपालिकामा १ पुरुष र १ महिला तथा बेथानचोक गाउँपालिकाका १ पुरुष गरी ३३ जना नयाँ संक्रमित थपिएका हुन । यो सँगै काभ्रेका संक्रमितको संख्या १२ सय ४३ पगेको छ । जस मध्ये ६८६ जना निको भएर घर फर्किएका छन् ।

    आईतवार धुलिखेल अस्पतालमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भयो । मृत्यु हुनेमा भक्तपुर घर भई धुलिखेल अस्पतालमा उपचाररत ५२ बर्षिय महिला रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस