२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

जन्मदिनमा सेवा घरलाई सहयोग

  • २०७७ कार्तिक २, आईतबार मा प्रकाशित २ साल अघि
  • २४७ पाठक संख्या
  • नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना र चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिनाले जन्म दिनको अवसरमा सेवा घरलाई नगद सहयोग गरेका छन् ।

    धुलिखेल वडा नं ४ मा रहेको मानव कल्याण समाज (सेवा घर) को व्यवस्थापनमा खर्च हुने गरी आफ्नो जन्म दिनमा महासंघ अध्यक्ष र चेष्टाको सह–सम्पादक द्धयले नगद १० हजार रुपैया हस्तान्तरण गरेका हुन ।
    नगद हस्तान्तरण गर्दै महासंघका अध्यक्ष तिमल्सिनाले सेवा घरलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । सडकमा जानुपर्ने बाध्यताबाट मुक्त गर्ने अभियानमा लाग्ने सेवा घरको सहयोगको लागि सधै लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

    भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सेवा घर काभ्रेको सडकमा मानव मुक्त गराउने उदेश्यले केहि दिन अघि धुलिखेलमा स्थापना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस