२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

मेयर उद्घाटन गर्ने, उपमेयर फुटाउने

  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित २ साल अघि
  • ७४५ पाठक संख्या
  • कैलालीमा रहेको घोडाघोडी नगरपालिका वडा नं ७ को कार्यालयको उद्घाटन गर्ने क्रममा शिलालेखमा नाम नराखेको भन्दै मेयर र उपमेयरबीच विवाद भएको छ।

    विवादकै विच मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरेलगत्तै उपमेयर प्रेम कुमारी थापाले शिलालेखमा आफ्नो नाम छुटाएको भन्दै ढुंगै ढुंगाले शिलालेखमा हानेकी थिईन ।

    शनिबार बिहान घटस्थापनाको अवसर पारी वडा नम्बर ५, ७ र १२ का कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो।

    मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरेलगत्तै उपमेयर थापाले शिलालेखमा आफ्नो नाम छुटाएको भन्दै आपत्ति जनाएकी थिइन्।

    उनले शिलालेखमा ढुंगा र मुड्कीले प्रहार गरेकी थिइन्।

    उपमेयर थापाले शिलालेखमा कसको नाम राख्ने भन्ने विषयमा यसअघि आफूलाई जानकारी नदिएकोले विरोध गरेको बताइन्।

    शिलालेख सच्याउन भन्दै नगरपालिकाका प्रशासकीय अधिकृत र मेयरलाई फोन गर्दा जानीजानी छुटाएको भनेर उल्टै हप्काएको आरोप लगाइन्। २–३ दिनमा नाम थप्ने सहमति भएपछि सबै वडाको कार्यालय भवन उद्घाटन भएको छ ।

    प्रतिक्रिया दिनुहोस