काभ्रे जिल्लाको दक्षिण भेगमा पर्ने बेथानचोक गाउॅंपालिकाको २ वटा सामुदायीक बिद्यालयका बालवालिकाहरुलाई १ हजार ६ सय मास्क बितरण गरिएको छ ।
गर्ल्स पावर टिम काभ्रेको माक्स बितरण अभियान अन्तर्गत बेथानचोक गाउॅंपालिकाको २ नं वडामा रहेको पार्वती माध्यमिक विद्यालय र वडा नं ४ मा रहेको सरस्वती माध्यमिक विद्यालयलाई मास्क वितरण गरिएको हो । कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बिद्यालयका बालवालिकाहरुलाई सतर्कता अपनाउन पार्वतीलाई ९ सय र सरस्वती लाई ७ सय गरी १६ सय मास्क वितरण गरेको गर्ल्स पावरका काभ्रे जिल्ला संयोजक शर्मिला लामाले जानकारी दिईन । दुबै विद्यालयमा गर्ल्स पावरका संयोजक शर्मिला र अन्तर्राष्ट्रिय तामाङ परिषदको उपाध्यक्षअस्मिता वाईबाले बिद्यालयमै पुगेर मास्क वितरण गरेका थिए ।
रोजगारीका लागि बिभिन्न देशमा गएर स्रम गरी महिला दिदी बहिनीहरुले पठाएको रकमले महिला तथा बालवालिकाहरुलाई मास्क बितरण गरिएको संयोजक लामाले जानकारी दिइन । संस्थाले हालसम्म इलाममा १ हजार, झापामा ५ सय , मोरङमा १ हजार, सुनसरीमा १ हजार मास्क वितरण भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस