२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

काभ्रेमा अर्को व्यवस्था नभएसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द

  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित ३ साल अघि
  • २१६५ पाठक संख्या
  • काभ्रेमा भोलिदेखि अत्यावश्यक बाहेक सबै सेवा अर्को व्यवस्था नभएसम्म बन्द हुने भएको छ ।

    अत्यावश्यक सेवा बाहेक सबै बन्द हुने भएपनि जिल्लामा बजार, यातायात र बैंकहरु भने खुल्ला हुनेछन् । जिल्ला स्तरीय कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले भोलि कात्तिक २ गतेबाट आत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको संयोजकत्वमा बसेको बैठकले जिल्लामा ५ सय भन्दा बढि सक्रिय संक्रमित पुगेकोले गृह मन्त्रालयको पत्राअनुसार अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । शनिवार ५ थपिएका गरी काभ्रेमा सक्रिय संक्रमितका संख्या ५ सय ४४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । केन्द्रको बैठकले जिल्ल्माका रहेका सेवा प्रदायक तथा सरकारी कार्यालयहरुको अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने जनाएको छ ।

    बैठकले विभिन्न शक्तिपिठहरुमा मानिसहरुको भिडहुने हुँदा नियमित पुजा बाहेक अन्यमा रोक लगाएको छ । त्यस्तै आसन्न चाडपर्वलाई ध्यानमा राखि स्थानीय पालिकाहरुको समन्वयमा सडक पेटी वा अव्यवस्थित तरिकाबाट सञ्चालन भएको पसल व्यापार व्यवसाय सञ्चालन गर्न नदिने, संक्रमण फैलिदै गएको हुनाले नागरिकहरु जहाँ बस्या छन त्यहि ठाउँमा चाडपर्व मनाउन समेत निर्देशन दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस