२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख

  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित २ साल अघि
  • ४८६ पाठक संख्या
  • विश्वभर ३ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

    शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यसमध्ये २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् । यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ ।

    यो सँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार पुगेको छ ।

    दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७४ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख १ हजार पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस