२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

यो वर्षको मनसुन नेपालबाट बाहिरियो : मौषम पूर्वानुमान महाशाखा

  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित ३ साल अघि
  • १०४१ पाठक संख्या
  • यो वर्षको मनसुन नेपालबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको हो ।

    असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू-भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने शुक्रवारबाट बाहिरिएको हो । यो वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्ले बताएका छन् ।

    सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।यो

    प्रतिक्रिया दिनुहोस