पाँचखाल नगरमा अत्यावश्यक बाहेक कात्तिक ११ सम्म कार्यालय बन्द
पाँचखाल नगरपालिकामा अत्यावश्यक काम बाहेक कात्तिक ११ गते सम्म कार्यालय बन्द भएको छ ।
नगरपािलाकाको कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा अत्यावश्यक बाहेक कात्तिक २ देखि ११ गते सम्म कार्यालय बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईले जानकारी दिए ।
नगरपालिकाको कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगर प्रमुख महेश खरेलको नेतृत्वमा रहेको नगर स्तरीय कोभिड १९ निर्देशन समितिको बैठकले थप जोखिम हुन नदिन नगरपालिकामा अत्यावश्यक काम बाहेक सबै कार्य बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस