२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

नमोबुद्ध नगरको अघिल्लो आर्थिक वर्ष र यो वर्षको प्रथम चौमासिक अवधिको समिक्षा

  • २०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ९२८ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाले आफुले गरेका कार्यहरुको बारेमा समिक्षा गरेको छ ।

    नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथा आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिको समिक्षा गरिएका थियो । कार्यक्रम सम्पन्न गरेको छ । नगरका प्रमुख प्रशसकीय अधिकृत भोलाप्रसाद चापागाईंले समिक्षात्मक कार्यपत्र प्रस्तुत गरेका थिए ।

    उनले आर्थिक वर्ष २०७६/७७ मा विनियाजन भएको बजेट र योजनाको काम चालुगत तर्फ ७५ दशमलब २७ प्रतिशत र पूँजीगत तर्फ ७७ दशमलब ९९ प्रतिशत वित्तिय प्रगति भएको जनाए । यो बर्षको पहिलो चोमासिकमा भने चालु तर्फ १७ प्रतिशत र पूँजीगत तर्फ २ प्रतिशत वित्तिय प्रगति भएको छ । वडागत रुपमा भौगोलक, जनसंख्या, राजश्व र लागतलाई आधार मानेर सिलिङ बनाएको र त्यस अनुसार वडागत रुपमा ९५ दशमलब १० प्रतिशत योजना प्रगति भएको कार्यक्रममा जानकारी दिइयो ।

    नगरपालिकाले कृषि तर्फ साना सिंचाई, कृषि उपज संकलन केन्द्र, भकारो सुधारका कार्यक्रम, पशुपालन तर्फ हरेक वडामा १र१ वटा बोयर जातका बोका वितरण, स्वास्थय तर्फ मेथिनकोट अस्पताललाई सरकारी अस्पताल निर्माण, सबै वडामा स्वास्थ्य केन्द्र निर्माण गरिएको, १२ महिना चल्न सक्ने सडक निर्माणमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले जानकारी दिए ।

    समिक्षा कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूले निर्वाचनको बेलामा जनतासँग बोलेका कुराहरु पुरा गरिरहेको बताए । आफुले बेथितिको अन्त्य र समृद्धिको आधारमा गरेको प्रतिबद्धता पुरा गर्ने बताए । नगर उप–प्रमुख रामदेवी तामाङले नगरपालिकालाई महिला मैत्री बनाउन आफु लागि परेको बताईन । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले नगरपालिकाले गरेका काम र सुधार गर्नुपर्ने कामका बारेमा चर्चा गरे । नगरका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष धर्मसिं लामाले पहिलो पटक जिल्लाको सबै पत्रकारहरुसँग बसेर नगरको प्रगतिको बारेमा समिक्षा गर्न पाउँदा आफू खुशी भएको बताए ।

    समिक्षा कार्यक्रममा नगर प्रमुख शर्माले आफूले अभिभावकत्व ग्रहण गरेका विद्यर्थाीहरुलाई नगद सहयोग गरेका थिए । कोभिड–१९ कारण विद्यालय जान नसकेको र अनलाईन कक्षा सञ्चालन भइरहेकोले उनीहरुलाई सहयोग पु¥याउने हिसावले जनही ६ हजार ५ सयका दरले रकम उपलब्ध गराए । रकम पाउनेहमा शिवराज चिमौरिया, दिपेश गौतम, सुशिल गौतम, सरिता लामा, कुशल अधिकारी, अर्चना धिताल छन् ।


    कार्यक्रमकै विच पूर्व पत्रकार समेत रहेका नगर प्रमुख शर्माले आफुले स्थापना गरेको टिपी शर्मा सिर्जनशिल पत्रकारिता पुरस्कार कोषमा जम्मा हुने गरी नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई १ लाख १ सय ११ रुपैयाको चोक हस्तान्तरण गरे । उक्त चेक नगरप्रमुख शर्माले पत्रकार महासंघका अध्यक्ष तिमल्सिनालाई हस्तान्तरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस