कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सबै मठ मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेलले जारी गरेको विज्ञप्तीमा भोलीबाट शुरु हुने नवरात्रीमा देवीको मन्दिरहरुमा सर्वसाधारणको भिड भई जोखिम बढ्ने भएकोले जिल्ला भित्रका सबै शक्तिपिठ तथा मन्दिरहरुमा नित्य पुजा बाहेक सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्धारा जारी विज्ञप्तीमा यसको उलङ्घन गर्ने जो सुकैलाई संक्रामक रोग ऐन २०२० बमोजिम कार्वाहि गरिने भनिएको छ ।
काभ्रेमा पाँचखालमा रहेको नेपालमै चर्चित शक्तिपिठ पलाञ्चोक भगवती, बनेपामा रहेको चण्डेश्वरी, नालामा रहेको नाला भगवती, नमोबुद्ध ५ मा रहेको कोटकालिका र कालिका लगायतको धार्मीक स्थलमा दर्शनार्थीको भिड लाग्ने गथ्र्यो । यो निर्णयले हरेक बर्ष राष्ट्रपतिबाट पुजा हुने पलाञ्चोकमा यस बर्ष रोेकिने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस