काभ्रेमा कोरोनाको कारण १० दिनको अन्तरमा दाजुभाईको मृत्यु भएको छ ।
बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । उनकै ४५ वर्षका भाइको असोज १८ गते कोरोना संक्रमणकै कारण धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा भेन्टिलेटरमा उपचाररत मधुमेहको विरामी समेत रहेका ५० वर्षीय पुरुष भदौ २७ गते देखि धुलिखेल अस्पतालमा उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।
त्यस्तै मिर्गौलासम्बन्धी समस्या भएका बनेपाका ७७ वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको छ ।
बुधबार धुलिखेल अस्पतालमा डायलासिसका लागि समय लिएर पीसीआर परीक्षण गरेर घर फर्किएका उनको घरमै मृत्यु भएको थियो । पछि पीसीआर परीक्षणपोजेटिभ आएको थियो ।
योेसँगै जिल्लामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस