२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

नेकपा र बाबुराम बिच जुहारी, प्रमाण देऊ: नेकपा, जन लोकपाल गठन गरेर छानबिन गरौं: भट्टराई

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित २ साल अघि
  • ६१५ पाठक संख्या
  • नेपाल कम्युनिस्ट पार्टी र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिचमा दोहोरी चलेको छ ।

    नेकपाले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएको छ भने बाबुराम भट्टराईले घुस लिएको कुरालाई जन लोकपाल गठन गरेर छानबिन गर्न भनेका छन् ।

    नेकपाले भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएको छ ।

    केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र ले शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी गरी भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेको बताएका छन् ।

    बाबुरामको उक्त भनाइको नेपाली कांग्रेसले पनि विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

    तर पूर्वप्रधानमन्त्री भट्टराईले ठूला भ्रष्टाचार छानबिन र दण्ड सजाय गर्न अधिकारसम्पन्न जन लोकपाल गठन गर्न प्रस्ताव गरेका छन् । बुधबार नेकपाले जारी गरेको विज्ञप्ती सँगै ट्वीटर र फेसबुक मार्फत उनले बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का, एनसेलको पुँजीगत लाभकर, वाइडबडी जहाज खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, यति समूहसँगको लिज सम्झौता, ओम्नी कम्पनीसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता जस्ता विषय छानबिनका लागि जन लोकपाल गठन गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस