२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

आइफोन १२, प्रो, प्रो म्याक्स र मिनी सार्वजनिक (मुल्य सहित)

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • १६२७ पाठक संख्या
  • लामो प्रतिक्षालाई चिर्दै एप्पलले एकसाथ चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । आइफोनसँगै एप्पलले सुपथ मूल्यको नयाँ स्मार्ट स्पिकर होमपोड मिनीसमेत ल्याएको छ ।

    एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् ।
    एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन् ।

    एप्पलको आइफोन १२ मा ६।१ इन्चको स्क्रिन रहेको छ । यसमा ए १४ बायोनिक प्रोसेसर रहेको छ । आइफोन १२ निलो, हरियो, कालो, सेतो र रातो रङमा उपलब्ध हुनुका साथै ६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज मोडेलमा उपलब्ध छ ।

    एप्पलले ल्याएको आइफोन १२ मिनी यस वर्षको सबैभन्दा सानो आकारको आइफोन हो । यसमा ५।४ इन्चको ओएलइडी डिस्प्लेयुक्त स्क्रिन रहेको छ भने आइफोन १२ मिनीमा रहेको सिक्स कोर सिपियूले यो आइफोनलाई अन्य स्मार्टफोनभन्दा ५० प्रतिशत फास्ट बनाउने दाबी एप्पलले गरेको छ।

    एप्पलले ल्याएको आइफोन १२ प्रो मा ६.१ इन्चको ओएलइडी डिस्प्ले रहेको छ भने आइफोन १२ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ । दुवै आइफोनमा ए१४ बायोनिक प्रोसेसर छ ।

    आइफोन १२ र १२ मिनीमा जस्तै प्रो र प्रो म्याक्समा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ । साथै यी दुई आइफोनमा लिडार स्क्यानर रहेको छ । यसले कम प्रकाशमा समेत उत्कृष्ट तस्वीर खिच्न सहयोग गर्नेछ ।

    आइफोन १२ प्रो र प्रो म्याक्स १२८, २५६ र ५१२ गिगाबाइट इन्टर्नल स्टोरेज गरी ३ वटा मोडेलमा उपलब्ध हुनेछन् । प्रो को सुरुवाती मूल्य ९९९ डलर र प्रो म्याक्सको सुरुआती मूल्य १०९९ डलर तोकिएको छ । त्यस्तै आइफोन १२ को सूरुवाती मूल्य ७ सय ९९ डलर तथा आइफोन १२ मिनीको सुरुवाती मूल्य ६ सय ९९ डलर तोकिएको छ ।

    त्यस्तै एप्पलको होमपोड मिनीको मूल्य ९९ डलर तोकिएको छ ।

    एजेन्सी

    प्रतिक्रिया दिनुहोस