२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

धुलिखेल नगरका मेयर अशोक व्याञ्जुलाई कोरोना संक्रमण, नगरमा कात्तिक ५ गते सम्म अत्यावश्यक काम बाहेक सबै बन्द

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित २ साल अघि
  • ६९१ पाठक संख्या
  • धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्यान्जुलाई कोरोना संक्रमण भएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै नगर प्रमुख व्याञ्जुले आफु र आफ्ना परिवारलाई कोरोना संक्रमण भएको जानकारी दिए ।

    त्यस्तै धुलिखेल वडा नं १ का अध्यक्षलाई समेत कोरोना संक्रमण पुष्टि भएको आफ्नै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

    मिडियाचोक डट कम उनीहरु लगायत परिवारको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

    नगरप्रमुख लगायत जनप्रतिनिधि तथा केहि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कात्तिक ५ गते सम्म अत्यावश्यक काम बाहेक सबै बन्द भएको छ । नगरपालिकाका प्रमुख प्रशमसकीय अधिकृत पुरुषोतम सुवेदी द्धारा हस्ताक्षरित विज्ञप्तीमा नगर साथै वडाकार्यालयका काम समेत बन्द भएको जानकारी गराईएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस