२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

सहकारीमा दोहोरो सदस्यताको पिरलो

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित २ साल अघि
  • ८५२ पाठक संख्या
  • कोभिड–१९ को मारसंगै सहकारी अभियानमा यतिबेला दोहोरो सदस्यताको पिरलोले सताउन थालेको छ ।

    कुनै एक सहकारीमा सदस्य भएको व्यक्ति सोही प्रकृतिको अर्को सहकारीको सदस्य बन्न नपाउने भएपछि सहकारीको शेयर सदस्यहरूलाई भन्दा पनि सहकारी संस्थाका संचालक र कर्मचारीहरूको टाउको दुख्न थालेको छ । सहकारी ऐन ०७४ को दफा ३२ मा व्यवस्था भए अनुसार कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतीका एकभन्दा बढी संस्थाको सदस्य हुन पाउन ेछैन । यो ऐन प्रारम्भ हुनुअघि कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतीको एकभन्दा बढी संस्थाको सदस्य रहेका व्यक्तिलाई भने तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नु पर्ने सिमा दिएको थियो । २०७४ साल कात्तिक १ गतेदेखि नयाँ सहकारी ऐन जारी भएसँगै दोहोरो सदस्यता कायम भएका व्यक्तिहरूले ऐन जारी भएको मितिले ३ वर्ष भित्रमा एउटा मात्र सहकारीमा सदस्यता कायम गर्न दिएको समय सिमा असोज मसान्तमा सकिने भएकाले सहकारी अभियानमा महामारीको भन्दा पनि दोहोरो सदस्यताको पिरलो पेचिलो बन्दै गएको छ ।

    सहकारी ऐनको कार्यान्वयनलाई कढाई गर्दै सहकारी विभागले दोहोरो सदस्यता लिएका सहकारीका सदस्यहरूलाई लक्षित गरी सूचना जारी गरेको छ । उक्त सूचना अनुसार एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता लिनुभएको भए २०७७ साल असोज मसान्तभित्रै आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता त्याग्न तथा सहकारी संस्थाहरूले पनि सदस्यहरूलाई जानकारी गराई दोहोरो सदस्यता नहटाए कारवही गर्ने भएपछि समस्या हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस