गत जनवरी महिनाको धुलिखेलको होटलहरुको अकुपेन्सी (अतिथीहरुको भरिभराउ) दर ८०% प्रतिशतसम्म थियो । तर एकाएक देखिएको कोभिड १९ को महामारीका कारण यतिबेला धुलिखेलमात्र हैन सबैतिर पर्यटकहरुको आगमन ठप्प प्रायः छ ।
७ महिना थला परेको होटल तथा आतिथ्य व्यवसायलाई पुनः लयमा ल्याउन क्षेत्रीय होटल संघ काभ्रे (रेहान) ले पहल थालेको छ । संघले धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’ गरी ३ वटा प्याकेज ल्याउँदै पर्यटकका लागि योजना बनाएको संघका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठको भनाई छ । संघले दम्पतीलाई लक्षित गर्दै आईतबारबाट प्याकेज सार्वजनिक गरेको हो । अध्यक्ष श्रेष्ठले नेपाल राज्यले निर्दिष्ट गरेको स्वास्थ्य मापदण्ड अपनाई यी प्याकेज अघि सारिएको बताए । उनले भने, “हामी सुरक्षाका मापण्ड अपनाएर व्यवसायलाई निरन्तरता दिन्छौँ ।” रेहान काभ्रेले विशेष गरी दम्पतीलाई लक्षित गर्दै रिसोर्ट एण्ड फुल सर्भिस होटल र बजेट एण्ड भ्यालु होटल गरी दुई खाले होटललाई लक्षित गर्दै प्याकेज घोषणा गरेको बताइएको छ ।
यस्तै संघकी सचिव एवं माउण्ट प्रिन्सेज होटलकी सञ्चालक ज्योत्सना सैँजुले विभिन्न छुट सहितका प्याकेज ल्याएको बताइन् । उनका अनुसार पर्यटकका लागि धुलिखेल फर ‘कल्चर एण्ड नेचर’, धुलिखेल फर ‘सुपर म्यान फिलिङ’ र धुलिखेल फर ‘तीनधारे झरना’ जस्ता प्याकेज अघि सारिएका छन् । यसले पर्यटकलाई सहज हुने उनको भनाई छ । सैँजुका अनुसार पहिलो प्याकेज धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा एक रात दुई दिन, दोस्रो प्याकेज ‘फिलिङ सुरपरम्यान’ मा दुई रात तीन दिन र तेस्रो ‘तीनधारे झरना’मा दुई रात तीन दिनको प्याकेज रहेको छ । धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा पर्यटकलाई धुलिखेलमा आगमनसँगै वेलकम टि र खाजाले स्वागत गरिने र साँझ उहाँहरुले धुलिखेलको लखनडबलीमा लाखे नाचको मनोरञ्जन लिन सक्नु हुनेछ । भोलिपल्ट बिहान चिया वा कफी पश्चात् हजार सिँढी हुँदै देवीस्थानमा रहेको काली देवीको दर्शन तथा शान्ति बनमा रहेको बुद्ध मूर्तिको अवलोकनका साथै देवीस्थानबाट चारैतिरको मनोरम दृश्यावलोकन गर्न हाइकिङ रुट तयार पारिएको छ भने त्यसपछि होटलमा फर्कि ब्रेकफास्ट गराइनेछ । दिउँसोको खानापछि उहाँहरु फर्किन सक्नु हुनेछ ।
यस्तै जिप लाईनको मज्जासमेत लिन सकिने दोश्रो प्याकेज बनेको पनि सचिव सैंजूले जानकारी दिइन् । फिलिङ सुरपरम्यान नाम दिइएको दोश्रो प्याकेजमा पर्यटकलाई वेलकम टि र खाजाले स्वागत गरिनेछ । साँझ क्याम्प फायरको व्यवस्था रहेको छ भने खानाको पनि ब्यवस्था छ । भोलिपल्ट कफी पश्चात् हाइकिङ गर्दै ‘कल्चर एण्ड नेचर’कै लोकेशन अवलोकन पश्चात् होटलमा ब्रेकफास्ट खाएर साहसिक जिपलाइन खेल्न जान सकिने छ ।
जिप लाइन
पछिल्लो समय धुलिखेलको जिप लाइनले पनि पर्यटक तानिरहेको छ । जिप लाईनपछि होटलमा खानाको ब्यवस्था हुने र सोही साँझ धुलिखेलको पुरानो बजारमा हुने लाखे नाच, नेवारी साँस्कृतिक झल्कने बाजाहरुको धुनको मनोरञ्जन लिएपछि पर्यटकहरुका लागि रात्री खानाको ब्यवस्था हुने र भोलिपल्ट बिहानको ब्रेकफास्टपछि पर्यटकलाई बिदा गरिने सचिव सैंजूले बताईन ।
यस्तै रोशीको तीनधारे झरनाले एकाएक चर्चा पाएसँगै काभ्रेमा पर्यटकहरुको ओइरो लागेको छ ।
ती पर्यटकका लागि लक्षित गर्दै रेहान काभ्रेको प्याकेज अघि सरेको छ । जुन उस्को तेश्रो प्याकेज हो । ‘तीनधारे झरना’ प्याकेजमा पर्यटकले वेलकम टि र खाजाको स्वागत पाउने छन् । साँझ धुलिखेलको लखनडबलीमा लाखे नाचबाट मनोरञ्जन लिन सकिने छ भने होटलमा खानाको व्यवस्था हुनेछ । भोलिपल्ट ब्रेकफास्ट पश्चात् तीनधारे झरनाको यात्राको लागि लगिने र तीनधारे झरनामा नै लञ्च प्याक लैजाने ब्यवस्था गरिएको सचिव सैंजूको भनाई छ । जसलाई पर्यटकले मिनी पिकनिकको रुपमा मनोरञ्जन गर्न सक्ने पनि उहाँको तर्क छ । झरनाको अवलोकन पछि उक्त रात होटलमा बास बस्ने र भोलीपल्ट बिहानको ब्रेकफास्टपछि पर्यटकलाई बिदा गरिने प्याकेज बनेको छ ।
संघले दम्पतीलाई लक्षित गर्दै रिसोर्ट एण्ड फुल सर्भिस होटल र बजेट एण्ड भ्यालु होटल गरी दुई खाले होटललाई लक्षित गर्दै प्याकेज घोषणा गरेको हो । संघले कल्चर एण्ड नेचर प्याकेजमा ४ हजार ५ सय देखि दश हजार, फिलिङ सुपरम्यान प्याकेजमा १० हजार ५ सयदेखि २० हजार रुपियाँ र तीनधारे झरना प्याकेजमा १२ हजारदेखि २२ हजार रुपियाँको प्याकेज सार्वजनिक गरेको हो ।
काभ्रेबाट प्रकाशित पलाञ्चोक साप्ताहिकबाट साभार
प्रतिक्रिया दिनुहोस