२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

काभ्रेमा ५८ जना कोरोना संक्रमित थपिए

  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३४२ पाठक संख्या
  • काभ्रेमा ५८ जना नयाँ सक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिए अनुसार आज सबैभन्दा बढि धुलिखेल नगरपालिकामा थपिएको छ भने सबैभन्दा कम पाँचखाल र नमोबुद्धमा कोरोना संक्रमित थपिएका छन् ।

    संख्यात्मक हिसावमा धुलिखेलमा १२ पुरुष र १० महिला, पनौती नगरपालिका २ पुरुष र १ महिला, मण्डनदेउपुर नगरपालिकामा ६ पुरुष र ६ महिला, बनेपा नगरपालिका ९ पुरुष र १० महिला, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा १/१ जना गरी थप ५८ जनामा कोरोना संक्रमण देदिएको हो ।

    काभ्रेमा संक्रमितको संख्या १०९५ पुगेको छ । यस मध्ये ६२० जना निको भएर घर फर्किएका छन् । जिल्लामा हाल ४६६ जना संक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस