२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

कर्णाली प्रदेशमा नेकपा विवाद उत्कर्षमा, सचेतकका छुट्टा छुट्टै बैठक

  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५२० पाठक संख्या
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ ।

    दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्ष सतहमै उत्रिएका हुन् ।

    शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएका छन् ।

    तर, शाहले बोलाएको बैठक बस्न नपाउँदै मंगलबार नै उनलाई मुख्यमन्त्री शाहीले जिम्मेवारीबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।

    मंगलबार जिम्मेवारी पाएकी प्रमुख सचेतक नेपालीले पनि मंगलबारकै लागि बैठक बोलाइसकेको जानकारी दिएकी छन् ।

    शाहले बोलाएको भन्दा अगाडिको समयमा नेपालीले बैठक बोलाएकी छन् । शाहले दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । नेपालीले बिहान ११ बजेका लागि बैठक बोलाएकी छन् ।

    प्रतिक्रिया दिनुहोस