भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल(भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको हो ।
भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले भारतसँगको नाकामा कडाइको अवस्था कायमै राखिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरेर आन्तरिक यातायात र व्यवसाय सञ्चालनलाई भने केही खुकुलो पार्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले दसैं र तिहारलाई मध्यनजर गर्दै लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्नपाउने निर्णय पनि गरेको छ । यसअघि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस