धुलिखेलमा रहेको काठमाण्डौ विश्वविद्यालयको प्राध्यापकहरुको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ (कुपा)को अनलाइन प्रबिद्यिबाट चौथो अधिबेशन सम्पन्न भएको छ । आईतवार भएको सम्मेलनले केन्द्रिय कार्य समितिको सभापतिमा प्रा. डा. बिबेक बराललाई चुनेको छ ।
त्यस्तै उपसभापतिमा डा.ध्रुवप्रसाद गौचन, महासचिवमा डा.विकाश अधिकारी, सचिवमा माधवप्रसाद पाण्डे, कोषाध्यक्षमा डा.रविन्द्र विष्ट निर्वाचित भए । त्यस्तै सदस्यहरुमा डा.गोकुल केसी र डा.जिवकराज बज्राचार्य निर्वाचित भए । अधिबेशनमा भोटिङबाट सभापति, उपसभापति, महासचिव तथा सचिवमा क्रमसः डा. धिरज गिरी, प्रकाश लामिछाने र डा.कुमुदराज काफ्ले, डा.राजेन्द्र ज्ञवाली, अनुप लुइँटेल पराजित भएका थिए ।
त्यस्तै काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ इकाई समिति अन्तर्गत स्कूल अफ आर्ट्समा डा.रामचन्द्र पौडेल, स्कूल अफ इन्जिनियरिङ्ग सन्तोष खनाल, स्कूल अफ साइन्स सुवोध लुइँटेल निर्विरोध निर्वाचित भए ।
७ सदस्यीय कार्यसमिति साथै स्कूल इकाइहरुमा निर्विरोध सभापतिहरुको चयन भएको छ । निर्वाचनमा काठमाडौ विश्वविद्यालयका प्राध्यापकहरुले नै विकास गरेको सफ्टवयरबाट मतदान भएको हो ।
अधिवेशनमा केयूका पूर्व कुलपति एवं नपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रमुख अतिथी थिए । कार्यक्रममा सभापति देउवाले भिडियो सन्देश मार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट आफ्नो नियमित पठनपाठन र अधिवेशन सम्पन्न गरी अरुलाई समेत उदाहरण पेश गरेकोमा प्राध्यापक संघको कार्यको प्रशंसा गरे । साथै उनले विश्वविद्यालयका पदाधिकारीलाई आफ्ना कमिकमजोरी सच्चाएर आगाडी बढ्न जोड दिए ।
त्यसैगरी काठमाडौं विश्वविद्यालयका पुर्ब कुलपति एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिशेष शुभकामना पत्र पठाउदै विश्वविद्यालयले कायम गरेको शैक्षिक गुणस्तरमा विश्वविद्यालयका प्राध्यापकहरुको अथक मेहनत र परिश्रम रहेको भनाई व्यक्त गरे ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मंन्त्री गिरिराजमणि पोखरेल अस्वस्थताका कारण कार्यक्रममा सहभागि हुन नसके पनि शुभकामना सन्देश पठाउनु भएको थियो र त्यसमा शैक्षिक क्यालेन्डरलाइ ब्यवस्थित गराउन प्राध्यापकहरुको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्त गरेका थिए ।
विशेष अतिथिका रुपमा यस अधिबेशनलाई नास्टका उपकुलपति डा. सुनिल श्रेष्ठ र नेपाल प्राध्यापक संघका प्रा. डा बुद्घ बहादुर थापाले सम्वोधन गरेका थिए ।
विश्व विद्यालय अनुदान आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका प्राध्यापक संघहरु, वैचारीक प्राध्यापक संघहरु, काठमाडौं विश्वविद्यालय सभाका सदस्य, काठमाडौं विश्वविद्यालय कार्यकारी परिषदका सदस्य, कर्मचारी संघ, प्राध्यापक, विद्यार्थी तथा सञ्चारकर्मी विच सम्पन्न कार्यक्रमको सभापतित्व संघका निवर्तमान अध्यक्ष डा.बेदमणि दाहालले गरेका थिए ।
बिगतमा काठमाण्डौ विश्वविद्यालयसंग भएका सहमति कार्यन्यवन गराउने तथा विश्वविद्यालयको गुणस्तर वृद्धि गर्दै अध्ययन अध्यापन र अनुसन्धानमा देशकै प्रमुख गन्तब्य बनाउन पहल गर्नु नव निर्वाचित कार्यसमितिको उदेश्य रहेको प्राध्यापकहरुको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस