२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा ३७ सहित देशभर ४ हजार ४७ जनालाई कोरोना पुष्टि

  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित २ साल अघि
  • ४३३ पाठक संख्या
  • काभ्रेमा ३७ सहित पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार धुलिखेलमा २ पुरुष र ३ महिला, पनौतीमा २ पुरुष र १ महिला, मण्डनदेउपुर १ जना महिला २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १० जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष, बनेपामा ८ जना पुरुष र ७ जना महिला गरी ३७ नयाँ संक्रमित थपिएको छ ।
    यो संगै काभ्रेमा १ हजार ३८ पुगेको छ भने ६ सय ९ जना निको भएका छन् ।

    त्यस्तै देशभर ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका मध्ये उपत्यकामा मात्र २ हजार २ सय ८३ छन् ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

    देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया दिनुहोस