प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वन ईकाई सुपरजोन काभ्रेको संयोजकमा हरि खतिवडा चयन भएका छन् ।
सुपरजोन काभ्रेको सह–संयोजकमा सुमित्रा बञ्जारा, सचिवमा सुमन नेपाल, सह–सचिवमा जंगबहादुर महत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विनोद तिमल्सिना, ज्ञानेन्द्र देवकोटा, सुरज केसी, उमा बोगटी, कमला काफ्ले चयन भएका छन् ।
२ बर्षको लागि चयन भएको समितिले योजना माग, योजना छनौट, अनुगमन र समन्वयको काम गर्ने संयोजक खतिवडाले जानकारी दिए ।
काभ्रेमा सुपरजोन र सिन्धुपाल्चोकमा जोनको रुपमा कार्यालय स्थापना भएको छ ।
प्रतिक्रिया दिनुहोस