२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

आठ वर्ष अघि ज्यान मारेर फरार भएका व्यक्ति पक्राउ

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३९१ पाठक संख्या
  • इलाका प्रहरी कार्यालय बनेपाको सक्रियतामा ८ बर्ष अघि ज्यान मारेर फरार एक जनालाई भक्तपपुरबाट पक्राउ गरिएको छ ।

    इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको नेतृत्वमा रहेको प्रहरी टोलीले २०६९ सालमा एन्जल तामाङलाई कुटपिट गरी छुरा प्रहार गरी कर्तब्य गरी मारी फरार भएका व्यक्तिलाई मध्यपुर ठिमी नगरपालिका वडा नं. ०९ मा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    २०६९ साल कात्तिक्क ८ गते भएको घटनामा बर्ष २२ को सुवास सुनारले एन्जल तामाङलाई कुटपिट गरी छुरा प्रहार गरी कर्तब्य गरी मारी फरार भएकोका थिए । छुरा प्रहार गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा २०७४ असार १४ गते जिल्ला अदालत काभ्रेले सुनारलाई २० वर्ष कैद सजाँय फैसला  गरेको थियो । तर ८ वर्ष देखि  सुनार  घटनापश्चात फरार भएका थिए ।

    फक्राउ परेका सुनारलाई जिल्ला अदालतबाट भएको फैसला अनुसार मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३०) बमोजिम जिल्ला कारागार कार्यालय धुलिखेल काभ्रेमा थुनामा राख्न पठाईएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस