२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

उपत्यकामा कोरोना संक्रमितको संख्या ४१ हजार ७८८

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित २ साल अघि
  • ३११ पाठक संख्या
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४१ हजार ७८८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा कोरोना निको हुनेको संख्या २३ हजार २२६ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या १८हजार ३६२ जना छन् । कोरोनाबाटै मृत्यु हुनेको संख्या २ सय पुगेको छ ।

    काठमाडौंमा ३३ हजार ७४८ जना छन् । जसमा निको हुनेको संख्या १८ हजार ८५१ जना छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३४ पुगेको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार ७६३ जना होमरसंस्थागत आइसोलेसनमा छन् ।

    भक्तपुरमा कोरोना संक्रमितको संख्या तीन हजार ३८२ जना पुगेका छन् जसमा निको हुनेको संख्या दुई हजार २२ जना छ । संक्रिय संक्रमितको संख्या एक हजार ३२२ छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

    ललितपुरमा कोरोना संक्रमितको संख्या चार हजार ६५८ पुगेको छ । निको हुनेको संख्या दुई हजार ३४३ जना र सक्रिय संक्रमितको संख्या दुई हजार २७७ छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस