२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

आईतवार काभ्रेमा ४३ कोरेना संक्रमित थपिए, संक्रमित संख्या एक हजार नाघ्यो

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित २ साल अघि
  • ४२५ पाठक संख्या
  • आईतबार ४३ संक्रमित थपिएपछि काभ्रेमा कोरोना संत्रमित संख्या एक हजार पुगेको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका अनुसार थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाका ६ जना पुरुष र २ जना महिला, पनौती नगरपालिकाका ८ जना पुरुष र ६ जना महिला, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला, पाँचखाल नगरपालिकाबाट ३ जना पुरुष र २ जना महिला र बनेपा नगरपालिकाबाट ९ जना पुरुष र ५ जना महिला गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै काभ्रेमा संक्रमितको संख्या १ हजार १ पुगेको हो ।

    कोरोना संक्रमणका कारण काभ्रेमा आईतवार थप एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुने धुलिखेल नगरपालिका वडा नं ११ का ५० वर्षीय पुरुष छन् ।

    प्रतिक्रिया दिनुहोस