२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेमा कोरोना सङ्क्रमितको संख्या ९५८ पुग्याे

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित २ साल अघि
  • ५०५ पाठक संख्या
  • काभ्रेमा कोरोना सङक्रमितको संख्या ९५८ पुगेको छ । शनिवार १८ जनामा सङक्रमण पुष्टि भएसँगै सङक्रमितको संख्या नौ सय ५८ पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाका अनुसार शनिवार धुलिखेल नगरपालिकाका सात पुरुष र तीन महिला गरी १० जना, पनौती नगरपालिकामा दुई पुरुष र एक महिला गरी तीन जना, मण्डनदेउपुर नगरपालिकामा एक पुरुष र एक महिला गरी दुई जना र बनेपा नगरपालिकामा तीन महिलामा सङक्रमण पुष्टि भएको छ । शनिवार सम्म ५८५ जना कोरोना निको भएर घर फर्किएका छन । जिल्लामा ३६५ जना सक्रिय सङक्रमित रहेका छन । जसमा ११० जना अस्पतालमा र २५५ जना होम आइसोलेसनमा उपचाररत रहेका छन । काभ्रेमा कोरोनाका कारण आठ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस