२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

केयूका स्कुल अफ साइन्स र इन्जिनियरिङका रिसर्चर आन्दोलित

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४५६ पाठक संख्या
  • काठमाडौं विश्वविद्यालयका स्कुल अफ साइन्स र इन्जिनियरिङका रिसर्चर आन्दोलित भएका हुन् ।

    रिसर्चर आन्दोलित भएका छन् । गैरकानुनी ढंगबाट ६ महिनादेखि तलबमा ३० प्रतिशत कटौती भएको भन्दै रिसर्चरहरू आन्दोलित भएका हुन् । कटौती गरेको तलब तत्काल उपलब्ध गराउन माग गर्दै शुक्रबार धुलिखेलस्थित केन्द्रीय क्याम्पसमा रिसर्चहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

    ‘३० प्रतिशत तलब काटिएको ६ महिना भयो । किन काटिएको भन्नेबारे प्रशासनले हामीलाई औपचारिकरूपमा जानकारी गराएको पनि छैन । श्रम ऐनविपरीत तलब काटिएको छ । स्यालरीसिटमा शतप्रतिशतको हस्ताक्षर गरेर ७० प्रतिशत मात्र दिन मिल्छ ? आन्दोलित एक रिसर्चले भने, प्रोजेक्ट लिडरले सबै तलब उपलब्ध गराउन भने पनि प्रशासनले मानेको छैन ।’

    काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति वेदमणि दाहालले पनि रिसर्चको तलब रोक्नु आवश्यक नरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस