चौरी देउराली गाउँपािलकाको कात्तिके देउराली सामुदायिक बिद्युतमा कार्यरत कर्मचारीलाई करेन्ट लागेको छ ।
कात्तिके देउराली सामुदायिक बिद्युतमा गोकुलप्रसाद गौतमलाई लाईन प्रसारण गर्ने क्रममा रामेछाप चौरीखोलामा करेन्ट लागेर घाईते भएका थिए । उनको काठमाण्डौमा रहेको मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ । उनी खतरामुक्त रहेको परिवार श्रोतले जनाएको छ ।
करेन्ट लागेर बेहोश भएका गौतमलाई तत्कालै हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ ल्याइएको थियो । संविधानसभा सदस्य एवं काँग्रेसका नेता तिर्थ लामाको पहलमा गौतमलाई कोशीपारीबाट हेलिकप्टरमा काठमाण्डौ ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस