२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

पलाञ्चोक भगवती माविको चारकोठे पक्की भवनको शिलन्यास

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ९६५ पाठक संख्या
  • पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पलाञ्चोक भगवती मावि चार पिपलमा चारकोठे पक्की भवनको शिलन्यास भएको छ ।

    पाँचखाल नगरप्रमुख महेश खरेलले एक कार्यक्रमका विच नयाँ बन्न लागेको अपाङ्गमैत्री भवनको शिलन्यास गरे । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
    शिलन्यास कार्यक्रममा नगर प्रमुख खरेलले पाँचखालका कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगरिने बताए ।

    पाँचखाल नगरपालिकाको समन्वय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा २ तल्लाको ४ कोठे भवन बन्नेछ । इकाईले भवन बनाउन ७० लाख उपलब्ध गराएको छ । विद्यालयमा शौचालय बनाउन १५ लाख तथा खानेपानीको लागि ८ लाख रुपैया सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापाले जानकारी दिए ।

    यो बर्ष मात्र पलाञ्चोक भगवती माविमा अन्य २ वटा भवनको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँचखाल नगरपालिकाको ५० लाख सहयोगमा ४ कोठे पक्की भवन तथा चाउ नमस्ते इटालीको ६२ लाख सहयोगमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न हुन लागेको छ । वडा अध्यक्ष श्रेष्ठले विद्यालय भवनको अभावमा भुकम्पबाट जिर्ण भवनमा पठनपाठन हुँदै आएकोमा पाँचखाल नगरपालिका चाउ नमस्ते इटाली, जिल्ला कार्यान्वयन इकाई शिक्षालाई धन्यवाद दिँदै रोटरी सँग सहकार्य र नगरपािलकाको सहयोगमा व्द्यिालय भवनमा तला थप्ने पहलमा लागेको बताए ।

    प्रतिक्रिया दिनुहोस