२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

कर्मचारीमा कोरोना देखिएपछि दुई पालिका र दुई सरकारी कार्यालय बन्द, बनेपामा वडा सचिवलाई कोरोना

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ८०८ पाठक संख्या
  • काभ्रे जिल्लामा रहेका दूई पालिका र दुई सरकारी कार्यालयमा कोरोना देखिएपछि अन्याबश्यक बाहेकका काम बाहेक कार्यालय बन्द भएका छन् ।

    जिल्लाका मण्डनदेउपुर नगरपलिका र रोशी गाउँपालिकामा विहिबार देखि अत्याबश्यक बाहेकका सबै बन्द भएको हो ।

    त्यस्तै जिल्लाका स्वास्थ्य कार्यालय र मालपोत कार्यालय पनि बन्द भएका छन् । स्वास्थ्य कार्यालय र मालपोत कार्यालय भने शुक्रवार बाट बन्द भएका हुन । स्वास्थ्य कार्यालयका २ जना कर्मचारी तथा मालपोत कार्यालयका ३ जना कर्मचारीमा शुक्रवार कोरोना पुष्टि भएको थियो ।

    मालपोत कार्यालयले असोज ३० गतेसम्मका लागि नियमित सेवा स्थगित गरेको छ भने स्वास्थ्य कार्यालयले अर्को सूचना जारी नभएसम्मको लागि आन्तरिक काम मात्रै सञ्चालन हुने विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

    शुक्रबार ४३ जनामा कोरोना संक्रमण

    काभ्रे जिल्लामा शुक्रबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार धुलिखेल नगरपालिकाबाट १० जना पुरुष र १४ जना महिला, रोशी गाउँपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, बनेपा नगरपालिकाबाट ११ र ५ जना महिला गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेलमा थपिएका मध्ये २ जना स्वास्थ्य कार्यालय, ३ जना मालपोत कार्यालय, १२ जना धुलिखेल अस्पतालका छन् ।

    बनेपामा थपिएकामा वडा सचिव लगायत १६ जना थपिएका छन् ।

    यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ४० पुगेको छ । अहिले काभ्रेमा ३ सय ४९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार जिल्लाका संक्रमितमध्ये ५ सय ८३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस