२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

कान्तिपुर सहकारीको सातौ सेवा केन्द्र पाँचखालमा

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १४८७ पाठक संख्या
  • कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आफ्नो सातौ सेवा केन्द्र पाँचखालमा स्थापना गरेको छ । सेवा केन्द्रको शुक्रवार एक कार्यक्रमका विच पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले गरे ।

    उद्घाटन कार्यक्रममा नगरप्रमुख खरेलले पाँचखाल नगरपालिकामा वित्तिय संस्थाहरु थपिने क्रम बढ्दै गएकाले आर्थिक क्षेत्रमा सुधार हुने बताए । ‘पाँचखाल नगरपालिका आफ्ैमा कृषि नगरपालिका हो, सहकारी थपिनु भनेको आर्थिक क्षेत्रमा एउटा ईट्टा थपिएको छ ।’ खरेलले भने । नगरप्रमुख खरेलले सहकारी अभियानमा प्रतिस्पर्धा नभै सबैसँग सहकार्य गरी अघि बढ्न र स्थानीय तह संगको समन्वयमा कार्यक्रम सञ्चालन गरी सिपमुलक तथा ब्यवसायिक तालिम र सहुलियत र सहज कर्जाको माध्यमबाट कृषिलाई प्राथमितामा राखी तत्काल आय–आर्जन हुने कार्यक्रमको सुरुवात गर्न सञ्चालकलाई आग्रह गरे ।

    कार्यक्रममा को–अपरेटिभका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीले सहकारीले काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रे गरी सातौ सदस्य सेवा केन्द्र सञ्चालन गरिएको बताउनुृ भयो । संस्थाको केन्द्रिय कार्यलय काठमाडौको तिनकुनेमा रहेको र काभ्रेमा बनेपामा शाखा तथा भकुण्डे र पाँखालमा सेवा केन्द्र शुरु गरेको ठकुरीले बताए ।

    बनेपा सेवा केन्द्रका प्रमुख पुष्पराज कोईरालाले सदस्यहरुको मागलाई ध्यानमा राख्दै पाँचखाल र भकुण्डेबाट सेवा शुरु गरिएको बताए । उनले सदस्यहरुलाई सहकारीले बचत तथा ऋण, सिपमुलक तालिम, कृषि तथा ब्यबसायमा सामुहिक लगानी गर्दै आएको समेत जानकारी दिए ।

    कार्यक्रममा पाँचखाल नगरपलिाका वडा अध्यक्षहरु संजय तामाङ, पुष्कर ढकाल, सुन्दर लामा, बालकृष्ण सापकोटा, बाग्मति टिपर ब्यबसायी सघंका अध्यक्ष प्रेम लामा, सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, कोषाध्यक्ष प्रेम लामा, सञ्चालक सदस्य जोगलाल लामा, नारायण रिमाल, केन्द्रीय कार्यालयका बरिष्ठ प्रबन्धक सुभाष भक्त मल्ल, बनेपा शाखाका प्रमुख पुष्पराज कोइराला, घण्टाघर शाखाका प्रमुख विजय लामा, न्युरोड शाखका प्रमुख मुक्त लामा, बनेपा शाखाका सहायक शाखा प्रमुख देवसागर लामा, भकुण्डबेशी सेवा केन्द्रका प्रमुख चन्द्रज्योति कोइराला, पाँचखाल सेवाकेन्द्रका प्र्रमुख उक्तकुमार अधिकारी लगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    सेवा केन्द्रको उद्घाटनकै दिन २२ लाखको कारोबार भएको पाँचखाल सेवा केन्द्रका प्रमुख उत्तरकुमार अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस