२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पाँचखालको प्रमुख प्रशासकीय अधिकृतमा हुमागाईको स्वागत, भण्डारीको विदाई

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७४० पाठक संख्या
  • पाँचखाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रुपमा आएका शिवप्रसाद हुमाागाईलाई नगरमा स्वागत गरिएको छ ।

    उदयपुरको चौदण्डी नगरपलिकाबाट पाँचखाल आएका हुमागाईलाई नगर प्रमुख महेश खरेलले स्वागत गरे ।

    त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गर्दै आएका लोकबहादुर भण्डारीको विदाई गरिएको छ । १८ महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गरेका भण्डारी मालपोत कार्यालय काभ्रेका सरुवा भएका थिए ।

    नगरपलिकाको सभाहलमा आयोजना भएको स्वागत तथा विदाई कार्यक्रममा नगर प्रमुख खरेलले प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहँदा भण्डारी सँग परिवार जसरी बस्दा विदाईको क्षण केहि अप्ठेरो महशुस भएको बताए ।

    कार्यक्रममा लेखा अधिकृतको रुपमा रहनुभएका रामजी रायमाझीको समेत विदाई गरिएको थियो । रायमाझीको काठमाण्डौमा रहेको गोकर्णेश्वर नगरपलिकामा सरुवा भएको छ ।

    प्रतिक्रिया दिनुहोस