२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

काभ्रेमा कोरोना अपडेट : नयाँ थपिएका भन्दा घर फर्किने धेरै

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६१३ पाठक संख्या
  • काभ्रेका विहिबार नयाँ सक्रमित थपिएका भन्दा घर फर्कनेको संख्या धेरै भयो । विहिबार जिल्लामा २३ जनामा कोरोना संक्रमण देखियो भने ५१ जना संक्रमित निको भएर घर फर्किए ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार जिल्लामा आज सबैभन्दा बढि बनेपा नगरमा १० जना पुरुष र ७ जना महिला गरी १७ जना नयाँ संक्रमित थपिए । त्यस्तै धुलिखेल नगरपालिकामा १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ पुरुष र १ महिला, नमोबुद्धमा १ पुरुष र रोशी गाउँपालिकामा १ महिला नयाँ संक्रमितको रुपमा थपिए । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ९७ पुगेको छ ।

    जिल्लामा आफ्ना कर्मचारीमा कोरोना देखिएपछि मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकाले अन्याबश्यक बाहेक अन्य सबै कार्यालय बन्द गरेका छन् ।

    त्यस्तै आज जिल्लाका ५१ जना संक्रमित निको भएर घर फर्किए ।

    यो सँगै निको हुनेको संख्या ५ सय ८३ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६ छ ।

    प्रतिक्रिया दिनुहोस