साझा पार्टीले केन्द्रीय समितिलाई पुनर्गठन गरी ६५ सदस्यीय बनाएको छ । सात प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाइएको हो ।
गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको राष्ट्रिय भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो । यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरि नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जाने संयोजक रविन्द्र मिश्रले जानकारी दिए ।
थपिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् । समय दिएर अग्रपंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला, विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरेको संयोजक मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस