२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

२४ घण्टामा अहिले सम्मकै सबैभन्दा धेरै ४ हजार ३६४ जनामा कोरोना

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • २८८ पाठक संख्या
  • पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।

    देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया दिनुहोस