२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

२४ घण्टामा काभ्रेमा ५० सहित देशभर ३४ सय ३९ जनामा कोरोना

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित २ साल अघि
  • ५०८ पाठक संख्या
  • बुधवार काभ्रेमा ५० नयाँ सक्रमित थपिएका छन् । यो सँगै काभ्रेमा संक्रमितको संख्या ८ सय ७४ पुगेको छ ।
    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार आज थपिएकाहरुमा धुलिखेल नगरपालिका ६ महिला १२ पुरुष, पनौती नगरपालिकाका २ महिला २ पुरुष, पाँचखाल नगरपालिकाबाट ३ पुरुष र १ महिला, मण्डनदेउपुर नगरपालिकाका २ पुरुष १ महिला, नमोबुद्ध नगरपालिकाका ३ पुरुष, रोशी गाउँपालिकाका ३ पुरुष र १ महिला र बनेपा नगरपालिकाका ७ पुरुष र ७ महिला गरी ५० संक्रमित थपिएका हुन ।
    आज ८ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै काभ्रेका निको हुनेको संख्या ५ सय ३२ पुगेको छ ।
    त्यस्तै देशभर पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस