२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

मुम्बईले राजस्थानलाई ५७ रनले हरायो

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित २ साल अघि
  • ४६१ पाठक संख्या
  • आईपीएल क्रिकेटअन्तर्गत मंगलबार अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ ।

    यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

    मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८।१ ओभरमा १३६ रनमा अलआउट भयो ।

    मुम्बईका लागि नटआउट ७९ रन बनाएर सूर्यकुमार यादवले जितको आधार तयार पारेका थिए । सूर्यकुमार म्यान अफ द म्याच भए । मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सको बलिङ पनि उत्कृष्ट रहेपछि राजस्थान पराजित भयो ।

    बुमराहले २० रन खर्चेर ४ विकेट लिए भने बोल्टले २६ रन खर्चेर २ विकेट लिए । यसैगरी जेम्स प्याटिन्सनले पनि २ विकेट लिँदा १९ रन दिए ।

    युएईमा जारी आईपीएलको १३ औं संस्करणमा मुम्बईको यो चौथो जित र राजस्थानको तेस्रो हार हो ।

    प्रतिक्रिया दिनुहोस