२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

बुटवल र सुनवलका दुई संक्रमितको कोरोना अस्पतालमा मृत्यु

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित २ साल अघि
  • २८५ पाठक संख्या
  • बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुईजना संक्रमितको मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नंं. ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस