२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

महिलाद्धारा सञ्चालित पनौति कम्युनिटी होमस्टे पुनः सञ्चालनमा आएपछि बेग्लै रौनक

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ११४१ पाठक संख्या
  • सोमबार मध्यान्ह पनौतीस्थित पनौती कम्युनिटी होमस्टेमा पुग्दा १७ जना चेलीहरुको मुहारमा बेग्लै खुसियाली छाएको थियो । लकडाउनपछि बन्द भएको पनौती कुशादेवी रोडस्थित कम्युनिटी होमस्टे बिधिवत रुपमा सञ्चालनमा पुनः आएपछि यहाँ बेग्लै रौनक छाएको छ । १७ जना चेलीहरुले बिगत ७ वर्षदेखी सञ्चालन गरेको होमस्टे कोभिड १९ को महामारीपछि बन्द भएको थियो ।

    पनौतिस्थित कम्युनिटी होमस्टेको कार्यालयमा एक विशेष कार्यक्रमका साथ आज फेरी होमस्टे सञ्चालनमा आएको छ । हामी ‘पर्यटकहरुलाई स्वागत गर्न आतुर छौं,’ पनौतिस्थित कम्युनिटी होमस्टेकि अध्यक्ष शिला अमात्यले भनिन्, ‘यहाँको विविधताले धेरैलाई लोभ्याउनेछ ।’

    होमस्टेले स्पेशल प्याकेज ल्याएको छ । विदेशी पर्यटकहरुलाई २५ डलर र नेपालीहरुलाई १७ डलर मूल्य तोकिएको छ ।
    यसमा लन्च, ब्रेकफास्ट, डिनर, साइट् सिनको सुविधा छ । यस्तै अर्गानिक तरकारी, स्थानीय उत्पादन, लोकल कुखुराको स्वाद लिन सकिन्छ । यहाँको अर्को बिशेषता पनि छ । होमस्टेको कार्यालयमा पुगेपछि क्षेत्री, बाहुन, नेवार, तामाङ जसको घरमा बस्न मन छ त्यही राखिने ब्यबस्था छ ।

    ऐतिहासिक शहर पनौतिमा पुराना मन्दिर, पाटी पौवा र झरना अवलोकन गर्न सकिन्छ । पनौतीबाट रोशी झरना दुइ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । अन्य पर्यटकिय गन्तब्य बल्थली, नमोबुद्ध यसै मार्गबाट जान सकिन्छ । साँगादेखी पनौतीसम्म १० किलोमिटरको दुरी हाइकिङ गरेर पनि आउन सकिन्छ । विदेशी पर्यटकहरु आउन आतुर भएको अध्यक्ष शिलाले बताइन् ।

    ‘पनौतिमा हरेक वर्ष कम्तिमा २ हजार ५ सय पर्यटकहरु आउने गर्छन् । पनौतिस्थित कम्युनिटी होमस्टेकि अध्यक्ष शिला अमात्यले भनिन्, युरोप र क्यानाडाका टाभल एजेन्सीले सिधै हामीकहा पर्यटक पठाउने एजेन्सीको काम गरिरहेका छन् ।’
    टुर गाइड पनि पनौती पर्यटक लिएर आउन पाउँदा रमाउँछन् । ‘पनौतिमा होमस्टे सञ्चालनमा आउँदा अत्यन्तै खुसी लाग्यो ।’ ५ पटक पनौतीको होमस्टेमा पर्यटक लिएर पुगेका टुर गाइड भुमराज तिवारी भन्छन्, ‘आन्तरिक पर्यटकलाई देश बुझ्न सघाउँछ ।’
    काठमाडौंदेखी पनौति जम्मा ३२ किमी मात्र छ ।

    रत्नपार्कबाट सिधै पनौति बसपार्क झर्न सकिन्छ । बसपार्कबाट होमस्टेको कार्यालय पुग्न सकिन्छ । खुल्लानेपालबाट साभार

    प्रतिक्रिया दिनुहोस