२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

पनौतीमा हप्ताको दुई दिन कोरोना परीक्षणको लागि स्वाब लिईने

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित २ साल अघि
  • २६७ पाठक संख्या
  • कोरोना परीक्षणको लागि पनौती नगरपालिकाले हप्ताको दुई दिन स्वाव संकलन गर्ने निर्णय गरेको छ ।

    सोमवार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक हप्ताको सोमबार र बिहीबार पनौती स्वास्थ्य चौकीमा स्वाव संकलन गर्ने निर्णय गरेको हो ।

    बैठकमा नगर प्रमुख भीम न्यौपानेले कोरोना रोगथाम र नियन्त्रणका लागि कोभिड–१९ सँग मिल्दो जुल्दो लक्षण भएका र स्वास्थ्य चौकीमा परीक्षणका क्रममा आएका बिरामीमा शंका लागेमा स्वास्थ्यकर्मीको सिफारिसमा समेत हुनेगरी स्वाब लिईन लागेको बताए ।

    बैठकमा नगरपालिका उपप्रमुख गीता बन्जारा, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चाँपागाई, बैठकमा स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, पशुपन्छि तथा कृषि शाखा प्रमुख मणिप्रसाद सापकोटा, शिक्षा शाखाका महेश्वर जंगम, लगायतको सहभागिता रहेको थियो ।

    बैठकले प्राकृतिक बिपदका कारण क्षति भएका वडा नं १० का प्रकाश खत्री, वडा नं ११ का निर्मला थापा, जनकबहादुर थापा, सबिन तामाङ र दिल बहादुर तामाङलाई १५ हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस